फाल्गुनन्द साकोसको सदस्य शिक्षा, सुचना तथा अन्तरकृया कार्यक्रम - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्द साकोसको सदस्य शिक्षा, सुचना तथा अन्तरकृया कार्यक्रम

दमक/फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्य शिक्षा, सुचना तथा अन्तरकृया कार्यक्रम गरेकोे छ ।

सोमबार झापा दमकको फाल्गुनन्द चोकमा फाल्गुनन्द साकोसले दमक नगर क्षेत्रका आफ्ना सदस्यहरुलाई भेला गराई सदस्य शिक्षा, सुचना तथा अन्तरकृया कार्यक्रम गरेको हो ।

फाल्गुनन्द साकोसका संस्थापक अध्यक्ष मेहेरमान लिङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फाल्गुनन्द साकोसका सचिव दिलिप जबेगुले प्रस्ताबहरु प्रस्तुत गरेका थिए ।

उनले सहकारी ऐन एक ब्यक्ति, एक सहकारी, सदस्य संख्या बृद्धि (न्युनतम दुई हजार) र पुजी बृद्धि (न्युनतम २५ करोड) पु¥याउनु पर्ने सरकारी बाध्यात्मक परिस्थिति लगायतका प्रस्तावहरु सम्पुर्ण शेयर सदस्यहरुमा पेश गरेका थिए ।

सचिव चबेगुको प्रस्तावमाथी अधिकाङस शेयर सदस्यहरुले सरकारको सहकारी ऐन एक ब्यक्ति, एक सहकारी सम्बन्धी ऐनलाई शिरोधार्य गर्दै अन्यत्र आबद्ध साकोसलाई त्यागेर फाल्गुनन्द साकोसलाई बचाउन सदस्य संख्या बृद्धि र पुजी बृद्धिमा लागि पर्ने बताए ।

साकोसका व्यवस्थापक कुवेर तुम्बापोको सञ्चालन तथा अध्यक्ष संकल्प लिङदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमले झापाको शिवसताक्षी नगरपलिका, बिर्तामोड नगरपालिका, पृथ्वीनगर र इलामको माङसेबुङ लगायतका स्थानहरुमा एक महिना सम्म सदस्य शिक्षा, सुचना तथा अन्तरकृया कार्यक्रम गर्ने जनाएको छ ।

सम्बन्धित खवर