बिद्यार्थी महासंघ दमकले ज्ञापनपत्र बुझायो - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिद्यार्थी महासंघ दमकले ज्ञापनपत्र बुझायो

दमक/नेपाल आदिवासी जनजाती बिद्यार्थी महासंघ दमक क्याम्पसले क्याम्पस प्रमुख नेत्र बुढाथोकीलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार महासंघ दमक क्याम्पसका अध्यक्ष सन्जय इङनामको नेतृत्वमा र्याली सहित सहित ३ बुद्दे सहितको ज्ञापनपत्र क्याम्पस प्रमुखलाई बुझाएको हो ।

‘हामीहरुले पाउनुपर्ने अधिकार बाट पटक पटक स्वबियू र क्याम्पस प्रशासनले बन्चित गराएको छ ।’ र्यालीलाई सम्बोधन् गर्दै अध्यक्ष इङनामले भने, ‘अझै पनि हामीलाई यसरी नै हेपिरहने हो भने हामी पनि नसहने, खुलेर बिरोध गर्नेछौं ।’

सात दिनको समय दिएको छौ हेरौ के गर्दा रहेछन स्वबियु र क्याम्पस प्रशासनले अध्यक्ष इङनामले बताए ।

यसरीनै ज्ञापनपत्र लिने क्रममा क्याम्पस प्रमुख नेत्र बुढाथोकीले बिद्यार्थीहरुलाइ सम्बोधन गर्दै ७ दिन भित्र निष्कर्ष सहितको समाधान दिने आश्वस्त दिलाए ।

स्वबियु कार्याबाहक अध्यक्ष रोशन भण्डारी साथै पदाधिकारी नभेटेपछि महासंघले स्वबियुको कार्यलय मै आफ्नो ज्ञापनपत्र टाँसेका छन ।

३ बुद्दे ज्ञापनपत्र

१.मिति २०७५ सालमा फारम भरेको बिद्यार्थीहरुको अन्तरबार्ता गरि ७ दिन भित्र नाम प्रकाशित गरियोस ।
२.आदिवासी जनजाति बिद्यार्थी महासंघको कार्य्बिधी अन्तर्गत रहेर बितरण गरियोस ।
३. स्वबियुले आदिवासी बिद्यार्थीहरुको हक र अधिकार कुण्ठित हुने गरि हस्तक्षेप अन्त्य गरियोस ।

सम्बन्धित खवर