लेटाङ मोरङ पवित्रहाङमा कपको फाईनलमा, उपाधीका लागि एपीएससी माङसेबुङ संग भिड्दै - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लेटाङ मोरङ पवित्रहाङमा कपको फाईनलमा, उपाधीका लागि एपीएससी माङसेबुङ संग भिड्दै


माङसेबुङ/इलामको माङसेबुङमा जारी पवित्रहाङमा कप १० औं संस्करण खेलकुद प्रतियोगितामा लेटाङ फुटबल क्लव मोरङ फाईनलमा प्रवेश गरेको छ ।

इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा लेटाङ फुटबल क्लव मोरङ र माउन्ट एभ्रेस्ट स्पोटिङ क्लब सुनसरी बिच मंगलबार सम्पन्न खेलमा टाईब्रेकरमा माउन्ट एभ्रेस्ट सुनसरी बिरुद्ध ५–४ को अन्तरले जीत निकाल्दै लेटाङ मोरङ फाईनलमा प्रवेश गरेको हो । यो संगै आगामी फागुन २ गते हुने फाइनलमा एपीएससी माङसेबुङको सामना गर्नेछ ।

खेलकोे पहिलो हाफ सम्म दुबै टोलीबाट थुप्रै अवसरहरु पाएपनि गोल भने गर्न सकेनन् । मध्यान्तर पछि भने खेलको पाचौं मिनेटमा मुना मगरको गोलमा माउन्ट एभ्रेस्ट सुनसरीले अग्रता लिएका थिए ।

खेलको १४ औं मिनेटमा लेटाङ मोरङका मेका खजुमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि भने दूबै टीमबाट गोल हुन नसकेपछि ट्राईब्रेकरमा धकेलीएको हो । खेलको वुमन अफ दी म्याच लेटाङ मोरङकी कल्पना कार्की घोषीत भईन् ।

जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित प्रतियोगितामा फूटबलको विजेताले नगद १ लाख १ सय ६४ रुपैयाँ र उपविजेता टिमले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचले जनही तीन हजार एक सय ६४ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आङबुहाङले बताए ।

प्रतियोगितामा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुने जनाइएको छ ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते वितरण हुने आयोजकले जनाएको छ । म्याराथुनमा प्रथम हुनेले रु ५१६४, दोस्रोले रु ४१६४, तेस्रोले रु ३३६४ र सान्तवना हुनेले रु २१६४ रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाउँनेछन् । साथै छेलो (पक्लुङ) र अन्य अतिरिक्त खेलकुदमा सहभागी भई विजेता हुने खेलाडीहरुले पनि आकर्षक पुरस्कार दिइने आयोजकको भनाई छ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजक समिति हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले जानकारी दिए ।

सम्बन्धित खवर