पवित्रहाङमा कपको उपाधी एपीएससी माङसेबुङलाई(फोटोफिचर सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा कपको उपाधी एपीएससी माङसेबुङलाई(फोटोफिचर सहित)

माङसेबुङ र/ इलामको माङसेबुङमा जारी १० औं संस्करण पवित्रहाङमा कप फूटबल प्रतियोगिताको उपाधि एपीएससी माङसेबुङले जितेको छ ।

इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङलाई १–० ले पराजित गर्दै माङसेबुङले उपाधी जितेकोे हो ।

खेलको चौथो मिनेटमा एपिएसmसी माङसेबुङका रिमा तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तामाङले सुजुङहामा लिम्बूलेको क्रसलाई हेड गर्दै जाली चुमाएकी थिईन ।

खेल अवधिमा पाएको अवसरलाइ दुवै टिमले सदुपयोग गर्न नसक्दा रिमा तामाङको गोलनै निर्णायक गोल बनेको हो ।

जितसँगै एपिएससी माङसेबुङ इलामले नगद १ लाख १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् भने, उपविजेतामा चित्त बुझाएको लेटाङ फुटबल क्लब मोरङले नगद ७५ हजार १ सय ६४ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।

एपीएससी माङसेबुङले सेमि फाइनल खेलमा चुलाचुली गाउँपालिका खेलकुद बिकास समितिसँग फराकिलो नतिजा निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

त्यसैगरी लेटाङ फुटबल क्लब मोरङले माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीलाइ पराजित गर्दै फाइनल खेलको यात्रा तय गरेको थियो ।

पुरस्कार मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभजन्मोत्सव समारोहको अवसरमा फागुन ३ गते प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको हस्तबाहुलीबाट वितरण हुने आयोजकले जनाएको छ

किरात साम्यो हक्चात यक्चुमको संयोजनमा विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन भएकोे प्रतियोगिता पवित्रहाङमा १० औं कपको प्रतियोगिता माघ २३ गतेबाट संचालन भएको थियो ।

सम्बन्धित खवर