पृथ्वीलाई कसरी बचाउने सोचनीय छ : सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पृथ्वीलाई कसरी बचाउने सोचनीय छ : सेइङ

माङसेबुङ / किरात, बौद्ध र हिन्दु धर्महरु एक भएर विश्व शान्ति तथा मानव एकताको लागि पहल गर्नुपर्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६४ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहमा आशीर्वचन दिनुहुँदै वहाँले सो कुरा बताउनु भएको हो । किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा शनिबार सम्पन्न शुभजन्मोत्सव समारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङले धार्मिक एकताले समुदायको एकता र विकास हुने बताउनु भयो ।

‘पृथ्वीलाई कसरी बचाउने सोचनीय बनेको छ ।’ वहाँले भन्नुभयो ‘पृथ्वीको गतिलाई प्रबिधिको नाममा मानव समुदायले विगारेको छ ।’ साधुहरुको घण्टी, डमरु र नाम्धुङ लाधुङसेमी सेवाले मात्र पृथ्वीलाई जोगाउन सकिने बताउनु हुँदै अङसीमाङले सबैलाई प्रकृति सेवामा ध्यान दिन आग्रह गर्नुभएको छ ।

आशीर्वचन दिने क्रममा माङसेबुङलाई विश्वको नमुना स्थलको रुपमा विकास गर्ने संकल्प गरेको समेत अङसीमाङले घोषणा गर्नु भएको छ । वहाँले मौलिक संस्कार संस्कृतिको संरक्षण र सम्बर्द्धनमा सबै लाग्न पनि आग्रह गर्नु भएको छ ।

सम्बन्धित खवर