
कचनकवल / पाको कचनकवलमा जारी तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड हर्ष फुटबल क्लब इलामले कव्जा गरेको छ ।
कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा सोमबारवार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइडेट ललितपुरलाई २–० ले पराजित गर्दै रेड हर्ष इलामले उपाधि कव्जा गरेको हो ।
खेलको पहिलो हाफमा दुबै टीमबाट गोल हुन सकेन । खेलको दास्रो हाफमा भने आक्रमक भएर मैदान प्रवेश गरेको रेड हर्ष इलामले किस्मत लिम्बुको गोलमा अग्रता लिएका थिए । त्यसपछि मनिस थापाको गोलमा रेड हर्ष इलामले अग्रता दोब्बर बनाए ।

यसपछि खेल अवधीभर दुवै टीमबाट गोल हुन नसकेपछि रेड हर्ष इलामले २–० ले उपाधि कव्जा गर्न सफल भयो । उपाधि कव्जा गरेसंगै रेड हर्ष इलामले नगद १ लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
उपविजेता चर्च ब्वाइज युनाइटेड ललितपुरले भने १ लाख नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण–पत्रमा चित्त बुझाउनु प¥यो ।
प्रतियोगीताको सर्वाधिक गोलकर्ता रेड हर्ष इलामका किस्मत लिम्बू, उत्कृष्ट गोलकिपर रेड हर्ष क्लव इलामका सौरभ सुवेदी र मेनअफ द म्याच चर्च ब्वाइज युनाइटेड ललितपुरका रोसन सुव्वा थाम्सुहाङ घोषित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश शिलवालको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा बिशिष्ठ अतिथि १ न. प्रदेश सांसद बसन्त कुमार बानिया, कचनकवल गाउँपालिका.अध्यक्ष अन्जारा आलम, कचनकवल गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशी, झापा क्षेत्र नं. ३, ने.का. सभापति गणेश पोख्रल, झापा उद्योग बाणिज्य संघ अध्यक्ष नवराज पनेरु, मुख्य प्रयोजक डिल्ली घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य हिकमत साथै समाजसेवीहरु कुल ब. कार्की, तुलाराम अधिकारी, रवि चन्द्र ओझा र नवराज भट्टराईको सहभागीता रहेको थियो ।
प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश शिलवालले यतिकोले मात्र नपुग्ने खेलको बिकासको लागि यो भन्दा ठुलो रंगशाला निर्माण गर्नुपर्ने यसको लागि जग्गा खोज्नुहोस केन्द्र सरकार प्रदेश सरकार र सथानिय सरकार संग राष्ट्रिय खेलकुद परिषद मिलेर दुई बर्ष भित्रमा रंगशाला निर्माण गर्न अगाडी बढौं भनेका छन् ।

भ्रमण वर्षमा नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रम दिल ब. कार्कीको स्वागत मन्तव्य, शिव गुरुङको कार्यक्रम सञ्चालन तथा बनियानी युवा परिवारका अध्यक्ष हरि बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।








