किरात माङहिम निर्माणका लागि लिङदेनद्धारा सहयोग - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात माङहिम निर्माणका लागि लिङदेनद्धारा सहयोग


दमक/ किरात माङहिम निर्माणका लागि चन्द्रकुमार लिङ्देनले आर्थिक सहयोग गरेका छन् ।

झापाको कमल गाउँपालिकाका स्थित केर्खा बजारमा निर्माणधिन किरात समुदायहरुको माङ्हिम (मन्दिर)लाई UK बासी चन्द्रकुमार लिङ्देनले अघिलो वर्ष पन्ध्र हजार रुपैयाँ र गत हप्ता पचास हजार माङहिम निर्माण स्थलमानै पुगेर माङ्हिम निर्माण समितिका अध्यक्ष तथा जंग्गादाता दलबहादुर मेन्याङ्म्बोलाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी कमल गाउँपालिका बासी दुर्गा तेयुङले पनि त्रिशुल प्रदान गरेका छन ।

यस माङहिम मन्दिरको स्थापना २०७२ फागुन २७ गते भएको नौ तले माङ्हिम झापाकै सबैभन्दा ठुलो रहेको माङहिम निर्माणका अभियन्ता मन कुमार थक्लुङले बताए । आदिवासी जनजाति महासंघ कमल गाउँ पालिका अध्यक्ष छत्रहाङ फागोले माङहिम निर्माणको लागि प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोसंग भेटगरी माङहिम निर्माणको सहयोका लागि अनुराध गरेका थिए ।

मन्त्री आङ्बोले एक हप्तामै टठबन्धनको लागि केहि रकम सहयोग दिएका थिए । उक्त माङहिम निर्माणका लागि स्थानीय ब्यक्तिहरुको पनि आर्थिक सहयोग गरेका छन । अनुमानित लागत सत्तरीदेखि ८० लाखसम्मको लागतमा निर्माण हुने माङहिम आउने २०७७ मा निर्माण पूरा गरीे भब्यताका साथ उदघाटन गरिने बताए ।

सम्बन्धित खवर