यो भूमिलाई सुन्दर फुलबारी बनाउने परिकल्पना गरेको छु, किरात धर्मगुरु सेईङ - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यो भूमिलाई सुन्दर फुलबारी बनाउने परिकल्पना गरेको छु, किरात धर्मगुरु सेईङ


माङसेबुङ / माङहरुको जन्मअवतरण सधैं अप्ठ्यारो ठाउँमा हुने किरात धर्मगुरु मुहिङगुम अङसीमामाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले बताउनु भयो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमामाङ लिङदेन आत्मानन्द ‘सेइङ’ जन्मभूमि अगौटेबारीमा बिश्व शान्ति तथा मानव एकता सावायेहाङ आप्लुङगेन ताङसेप चोमेन येत्नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न पश्चात माङ आशीर्वचन तथा फुलमाला अर्पण कार्यक्रममा आशीर्वचन दिनुहुदैं सो कुरा बताउनु भएको हो ।

इलामको माङसेबुङ–२, स्थित इभाङ चुक्चीनाम्बा अगौटेबारीमा गत बुधबार देखि शनिवार सम्म आयोजीत येत्नाम्धुङ लाधुङसेमी सेवामा आशीर्वचन दिनुहुदैं किरात धर्मगुरु सेइङले मेरो जन्म बादर लडीमर्ने अप्ठ्यारो ठाउँमा भएको हो, यहीं अप्ठ्यारो ठाउँमा आइदिनु भएकोमा खुशी लागेको बताउनु भयो ।

‘यो भूमिलाई सुन्दर फुलबारी बनाउने परिकल्पना गरेको छु’ वहाँले भन्नुभयो, ‘यो भूमि बुद्ध जन्म भूमि लुम्बीनी जस्तै हुन्छ ।’ यहाँ हजारौं लाखौं तिर्थालुहरुको भिड् लाग्ने दिनहरु आउने बताउनु हुदैं यस क्षेत्रको बिकासको लागि सबै भक्तजनहरुलाई सुम्बुगेन हुक्वा मिसाउन आग्रह समेत गर्नुभयो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पत्रिहाङमा लिङदेनको देवसमुपस्थितिमा बिहिबार साकमुरा वादेम्मा सेवा सम्पन्न भएको थियो ।

यसैगरि शुत्रबार अङसीमाङ अङसीमामाङ देवसमुपस्थितिमा बिश्व शान्ति तथा मानव एकता सावायेहाङ आप्लुङगेन ताङसेप चोमेन येत्नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको छ । सेवामा गुरु सुपुत्रद्धय इक्सानन्द लिङदेन र नाम्बीनहाङ लिङदेनको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा किरात चोलुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र सिह थेगिम, प्रमुख माङसेवासावा मन प्रसाद थलङ, गुरु निजी प्रवक्ता डिल्ली राम चाम्लीङ, गुरु निजि सचिव टंक लिङदेन, माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनीता सुब्बा लगायत किरात धर्म जन्य संघ संस्थाका पदाधीकारी साथै स्वदेश तथा बिदेशका हजारौं भक्तजनहरुको सहभागीता रहेको थियो ।

गुरु निजी आश्राम कृषि समिति र गुरु निजी आश्राम कृषि तथा भौतिक पूर्वधार आर्थिक व्यवस्थापन समितिको आयोजनामा देउमान आङबुहाङको स्वागत तथा औचित्य मन्तव्य र काकीराम लाओतीको कार्यक्रम संचालन रहेको कार्यक्रम टिकाराम केरुङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर