प्रधानमन्त्रीको राजिनामा माग गर्दै इलाममा नेविसंघको मसाल जुलुस - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्रीको राजिनामा माग गर्दै इलाममा नेविसंघको मसाल जुलुस


इलाम / नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजिनामा माग गर्दै इलाममा मसाल जुलुस निकालेको छ ।

जिल्ला सदरमुकाम इलाम बजारमा सरकार विरुद्ध नाराबाजी गर्दै शनिबार साँझ नेबिसंघले मसाल जुलुस निकालेको हो ।

निबर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा घुष लेनदेनको अडियो सार्वजनिक भएपछि कारवाही माग गर्दै जुलुसमा उत्रिएका विद्यार्थीहरुले भ्रष्टाचारीलाई कारबाही गर, कमिसनको खेल तत्काल बन्द गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा सहित प्रधानमन्त्रीको राजिनामा माग गर्दै सदरमुकामको इलाम बजारमा प्रदर्शन गरेका हुन् ।

सदरमुकामको ठुलो टुडिखेलबाट सुरु भएको मसाल जुलुस चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै इलामका कार्यबहाक अध्यक्ष प्रकाश भट्टराईले यो सरकार पट्क पट्क बिबाधमा परेको भन्दै प्रधानमन्त्रीले नैतीकताको आधारमा रजिनामा दिनुपर्ने बातए ।

उनले वर्तमान केपी ओली नेतृत्वको सरकार इतिहासमै नालयक रहेको बताए । त्यस्तै अर्का नेबिसंघका नेता निराजन भट्टराईले कोणसभालाई सोम्बधन गर्दै गोकुल बास्कोटालाई आवश्यक अनुसन्धान गरी तत्काल कारबाही गर्नुपर्ने बताए ।

सम्बन्धित खवर