झापाको माईधारमा आजीवन भेला सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको माईधारमा आजीवन भेला सम्पन्न


शिवसताक्षी / झापाको शिवसताक्षी स्थित किरात खिजोत्लुङ हाङसाम माङहिम माईधारमा किरात धर्म तथा साहित्य उत्थान संघ झापाका आजिवन सदस्यहरुको भेला सम्पन्न भएको छ ।

किरात धर्म तथा साहित्य उत्थान संघ झापाको आयोजनामा शनिबार किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रिय समिति बरिष्ठ उपाध्यक्ष मेहेरमान लाबुङको प्रमुख आतिथ्यमा र उपाध्यक्ष सेसेहाङ फियाकको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ कोषाध्यक्ष हिमाल बेघा, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका अध्यक्ष इन्द्र कुमार शेर्मा, उपाध्यक्ष जित बहादुर लावती, अर्जुन लिङदेन संघका केन्द्रिय मुख्य सचिव संकल्प लिङदेन लागायतको उपस्थिति रहेको थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघ झापा अध्यक्ष शिव कुमार योङयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य भवानी बिक्रम सेलिङ र औचित्य मन्तव्य अध्यक्ष शिव कुमार योङयाले गरेका थिए ।

सम्बन्धित खवर