रिता फोम्बो ठुलीको ‘सेम्मुई’ पालाम सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रिता फोम्बो ठुलीको ‘सेम्मुई’ पालाम सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / गीतकार रिता फोम्बो ठुली र दिलिप फुरुम्बोको शव्द तथा लय संकलन रहेको पालाम ‘सेम्मुई’ भिडियो सार्वजनिक गरिएको छ ।

निर्देशनमा व्यस्त रहेका निर्देशक लोकेन साम्बा लिम्बुको छायाङकन तथा निर्देशन रहेको भिडियोमा दिप केरुङ र वविता नेयोङहाङले अभिनय गरेका छन् ।

रिता फोम्बो ठुली, दिलिप फुरुम्बो, दिवस पगाङगु र बिष्णु सेर्माको आजमा सजिएको पालामको भिडियोलाई गिता फोम्बो, सिता फोम्बो लावती र पवित्र लावतीले निर्माण गरेका हुन् ।

लिम्बु संस्कृतिमा आधारित पालाम साम्लोमा रिता फोम्बो ठुली, दिलिप फुरुम्बो, इन्द्र पन्धाक, कृष्णराज नेम्बाङ, टिकाराम माखिम, नरेन्द्र योङहाङ, राम तिलिङ मादेन, बिष्णु सेर्मा, बुद्धमान हुक्पाचोङबाङ, सिता फोम्बो लावती, पुष्पाञ्जली तिलिङ मादेन, राधिका फोम्बो लिम्बु र सबिता मादेनले समेत अभिनयमा साथ छन् ।

लिम्बु कल्चरल यूनीटी अफिसियल यूट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोलाई राम प्रसाद चौधरीको सम्पादन गरेका हुन् । गीति एल्वम ‘निङवासुम–२’ मा समाबेस गरिएको उक्त भिडियो दर्शकहरुले रुचाउने कुरुमा बिश्वस्त रहेको निर्देशक लोकेन साम्बाले बताएका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर