लिम्बू पत्रकार संघको महाधिवेशन माङसेबुङमा, मन्त्री आङ्बोद्धारा उद्घाटन हुने - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू पत्रकार संघको महाधिवेशन माङसेबुङमा, मन्त्री आङ्बोद्धारा उद्घाटन हुने


माङसेबुङ /‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मथलो चुक्चिनाम्बा जाऔं, लिम्बू पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन सफल पारौं’ भन्ने नाराका साथ लिम्बू पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन इलामको माङसेबुङ गाउँपालिका २, स्थित चुक्चीनाम्बामा हुने भएको छ ।

फागुन २८, २९ र ३० गते हुने संघको तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनका लागि प्रमुख अतिथिका रुपमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ आगामी फागुन अन्तिम साता इलामको माङसेबुङ गाउँपालिका २, चुक्चीनाम्बा आउने भएका छन् ।

महाधिवेशनका लागि प्रमुख अतिथिको रुपमा आङ्बो आउने निश्चित भएको लिम्बू पत्रकार संघका महासचिव मिलन लिम्बूले जानकारी दिए ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जन्मस्थल चुक्चीनाम्बामा लिम्बू पत्रकार संघले आफ्नो तेस्रो राष्ट्रिय महाधिवेन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । महाधिवेशनको तयारी तीब्र पारिएको लिम्बू पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङले जानकारी दिए ।

महाधिवेशनमा अरुण पूर्व लिम्बुवानका ९ जिल्ला शाखा, उपत्याका शाखा र विदेश शाखाबाट एक सय ५० बढी लिम्बू पत्रकारहरुको सहभागिता रहनेछ ।

महाधिवेशनले संघको आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्बन्धित खवर