
मिक्लाजुङ / स्वास्थ्यको लागि हाइकिङ पर्यावरणको लागि साहित्य भन्ने मुल अभिप्रायका साथ हाइकिङ तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
जेफाले साहित्य समाजको अगुवाइमा सोमबार पुर्वको एतिहासिक पर्यटकिय स्थल मिक्लाजुङ डाडाँमा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

कवि तथा समाजसेवी हृदय थेगिम लिम्बुको सभाध्यक्षतामा कवि राज माङलाक लिम्बुको प्रमुख आतिथ्यमा रचना वाचन कार्यक्रम भएको थियो ।
कार्यक्रममा युवा गजलकार युवराज ठकुरी, गजलकार सन्देश तुम्बापो, कवि सुक्र आङदेम्बे, कवि राज सानू चबेगु, कवि श्रीमान खजुम, कवि टेक वीर युङसाहाङ, कवि लोकेन्द्र मगर रोमि, कवि देवि खजुम, कवि थेरिङबा कविन लिम्बू लगायतको सहभागी रहेको थियो ।

थेरिङबा कविन लिम्बूले सन्चालन गरेको हाइकिङ तथा रचना वाचन कार्यक्रममा हृदय लिम्बुको अभ्यक्षतामा १५ सदस्यीय जेफाले साहित्य समाजको औपचारिक रुपमा कार्यसमिति चयन गरिएकोे छ ।
समितिको सचीवमा सुक्र लिम्बू कोसाध्यक्षमा सन्देश लिम्बू लगायत रहेका छन् ।




                                                        
                                                        
                                                        
                                                        
                                                        
                                                        


