कोरोना भाइरसको महामारीबाट मुक्त भएको चीनको घोषणा - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना भाइरसको महामारीबाट मुक्त भएको चीनको घोषणा


विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९)को महामारीबाट मुक्त भएको चीनको सरकारी निकायले घोषणा गरेको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगललाई उद्धित गर्दै चीनले कोरोना भाइरस महामारीको संकटलाई पार गरेको उल्लेख गर्दै सिन्ह्वाले जनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार चीन कोरोना भाइरसको महामारीबाट मुक्त भएको जनाएको हो । यद्यपि बुधबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएको उल्लेख गरेको थियो । हाल कोरोना भाइरस संक्रमणबाट इटाली अत्याधिक प्रभावित भएको छ ।

चिनको बुहानबाट फैएिको कोरोना भाइरसको संक्रमण अहिलेसम्म ११४ देशमा पुगे पनि यसको उद्गम देश चीनमा भने संक्रमितको संख्या र मृत्युको संख्यामा निकै कमी आएको छ । स्थिति सामान्यतर्फ जाँदै गरेको सन्देश दिन केही दिनअघि चीनका राष्ट्रपति सि चिनफिङ कोरोनाको उद्गमस्थल हुबेइको वुहान शहर पुगेका थिए ।

उनले वुहानमा पुगेर हुबेइ र वुहानमा कोरोना नियन्त्रणमा आइसकेको बताएका थिए । सिनजियाङमा रेलसेवा शुरु, जनजीवन सामान्य चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको संक्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए ।

एजेन्सी

सम्बन्धित खवर