माङसेबुङ / गायक तानाम तान्छो लावती गायिका गंगा फियाक र धनमाया खवाहाङ लावतीको आवाजमा सजिएको लिम्बु संस्कृतिमा आधारित पालाम साम्लो ‘कासा थाला’ भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार पुर्णकुमार लावतीको शव्द संकलन र गायक तानाम तान्छो लावतीको संगीत रहेको पालाम सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
राजन कार्कीको संगीत संयोजन रहेको गीत पालाम साम्लोलाई सेवा रेकर्डिङ स्टुडियोमा पदम मगरले रेकर्डिङ गरेका हुन् ।
इसाक जवेगुको छायाँकन तथा सम्पादन रहेको भिडियोलाई इन्द्रशुसिल चोङबाङले निर्देशन गरेका हुन् । भिडियोमा तानाम तान्छो लावती र धनमाया खवाहाङ लावतीले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस