आज मौसम खराबी हुने, वर्षा, चट्याङ, असिना र ठुलो हावाहुरी आउन् सक्ने - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज मौसम खराबी हुने, वर्षा, चट्याङ, असिना र ठुलो हावाहुरी आउन् सक्ने

काठमाण्डौ / आज देशका धेरैजसो स्थानमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौस पुवाृनुमान महाशाखाका अनुसार दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

पहाडी क्षेत्रका केही ठाउँमा असिना र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना पनि रहेको छ । शुक्रबार राति पनि पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँ र पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल भइरहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूदभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले पश्चिमी भू भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू(भागका केही स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग र असिना तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको छ ।

सम्बन्धित खवर