माङसेबुङ / पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्देशक तथा कल्चरल कोरियोग्राफर दिनेश माङमु लिम्बुको निर्देशनमा बिल्कुलै नयाँ गीत ‘म जव जव’को भिडियो सार्वजनिक गरिएको छ ।
गायक जीएम राईको सुमधुर आवजमा सजिएको गीतमा कमल खत्रीको शव्द सृजना तथा कमल खत्रीकै संगीत रहेको छ ।
गायक जीएम राई र सबु तामाङको उत्कृष्ट अभिनय रहेको भिडियो ओएसआर डिजिटल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
एक प्रेमी आफ्नो मायालुलाई सवथोक दिन तयार भएको मायालु प्रति समर्पित भएको प्रेमील भावहरु समाबेश भएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।
राकेश गुरुङको संगीत संयोजन रहेको गीतलाई रमेश सेन्चुरीले मिक्सिङ गरेका हुन् । सुरेन्द्र लामाको सृङगार रहेको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस