पान्थरको फिदिममा जनचेतनामुलक सडक नाटक प्रदर्शन(फोटो फिचर सहित) - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पान्थरको फिदिममा जनचेतनामुलक सडक नाटक प्रदर्शन(फोटो फिचर सहित)

फेदेन / पान्थरको फिदिममा स्वास्थ्य सम्बन्धी ‘सूर्तिले ज्यान लिन्छ’ भन्ने जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोष सचिवालयको सहकार्य तथा माङसेवुङ सेवा समाज र जलधारा सामुदायिक विकास केन्द्रको संयुक्त आयोजनामा पाचथरको फिदिम वजारको गणतन्त्र चोकमा गत फगुन २७ गते सडक नाटक प्रदर्शन गरिएको हो ।

टंक सेलिङ लेखन तथा रोहित आङबोको निर्देशनमा प्रदर्शन गरिएको सडक नाटकमा एलिना नेम्बाङ, मनसोभा सेर्मा, युन्छो आङदेम्बे, प्रिय योङहाङ र देउमान मगर लगायतले अभिनय गरेका थिए ।

यसरीनै माङसेवुङ सेवा समाजले चैत्र १ गतेदेखि ईलाम जिल्लाको स्थानीय रेडियोहरूमा सूर्तिजन्य रोगहरूवाट उत्पन्न हुने रोगहरू सम्वन्धी चेतना मुलक सन्देश कार्यक्रम उत्पादन गरि प्रसारण गर्ने र चेतना मूलक होडिङवोर्ड राख्ने कार्यक्रम रहेको जनाएको छ ।

सम्बन्धित खवर