माङसेवासावाको २२ औं स्थापना दिवस तथा बार्षिक चोमेन सेवाको तयारी पुरा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेवासावाको २२ औं स्थापना दिवस तथा बार्षिक चोमेन सेवाको तयारी पुरा

माङसेबुङ / किरात साम्यो माङसेवासावा मुजोलुङ पान्जुम्भोको २२ औं स्थापना दिवस तथा बार्षिक चोमेन सेवा समारोहको तयारी पुरा भएको छ ।

किरात धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा बिगतका बर्षझैं बुधबार भव्य आयोजना गर्न लागिएको स्थापना दिवस तथा बार्षिक चोमेन सेवा समारोहको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जनाएको छ ।

माङसेवासावाको स्थापना दिवस तथा बार्षिक चोमेन सेवा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगोको प्रमुख आतिथ्यमा सम्मन्न हुने आयोजक समितिका कोषाध्यक्ष प्रकाश सावदेनले बताए ।

समारोहमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङबाट आशीर्वचन, अभिनन्दन, मिक्तोक अर्पण, सम्मान कार्यक्रम साथै धन्यबाद पत्र वितरण कार्यक्रम हुने आयोजक समितिका सचिव सञ्च सङबाङफेले बताए ।

यसरीनै साँझ बिबिध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रममा स्वदेश तथा बिदेशका सम्पूर्ण माङसेवासावा माङसेवासामाहरुको सहभागिता रहने बताईएको छ ।

सम्बन्धित खवर