कोरोना भाईरस नियन्त्रणको लागि युमा साम्माङलाई धुप वाल्नु पर्छ, सेइङ(फोटो फिचर सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना भाईरस नियन्त्रणको लागि युमा साम्माङलाई धुप वाल्नु पर्छ, सेइङ(फोटो फिचर सहित)

माङसेबुङ / किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले विश्व स्वास्थ्य संगठन(WHO)ले विश्व व्यापी महामारीको रुपमा घोषणा गरेको कोरोना भाईरस(कोभिड–१९)को WHO ले समयमै नियन्त्रण गर्न सकेन भने पाँच अरव मानिसको मृत्यू हुने बताउनु भएको छ ।

इलामको माङसेबुङमा बुधबार सम्पन्न किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोको २२ औं वार्षिक उत्सवको अवसरमा किरात धर्मगुरु अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले आशीर्वचन प्रदान गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।

‘कोरोना भाईरस नियन्त्रणको लागि युमा साम्माङलाई धुप बाल्नु पर्छ ।’ किरात धर्मगुरु अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले भन्नुभयो, ‘युमा माङ खुसी हुनुभयो भने हामी बाच्छौं, त्यसैले रातको १ बजे उठेर स्नान गरेर पुर्वपटि फर्केर युमा माङलाई धुव बालेर पुज्नु पर्छ ।’ उहाँले भन्नु भयो ‘कोरोना भाईरस बैज्ञानिकहरुको उच्छि«ङखलताको कारण महामारीको रुपमा फैलिएको हो, यो बैज्ञानिकहरुले नै नियन्त्रण गर्नु पर्छ ।’

किरात धर्मगुरु अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ले नेपाल सरकारलाई सुझाव दिनुहुदै सरकारले पनि अन्य मुलुहरु संग पहल कदम गरेर कोरोना भाईरसको नियन्त्रण गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार चुप लागेर बस्न नहुने, यस्को लागि सचेत हुन आवश्यक रहेको बताउनु भयो ।

किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवाका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा र किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय कोषाध्यक्ष हिमाल बेघाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजकको तर्फबाट अङसीमाङ अङसीमामाङमा अभिनन्दन पत्र चढाएको थियो ।

कार्यक्रममा किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका पुर्व अध्यक्ष याम बहादुर फागो वनेमलाई सम्मान गरिएको थियो । पुर्व अध्यक्ष फागोलाई प्रमुख अतिथि माङगेन्ना अध्यक्ष केहेरसि योङहाङ प्रमुख माङसेवासावा तेजबहादुर थलङ लगायत माङसेवासावा माङसेवासामाहरुले दोसल्ला खदा ओडाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि माङगेन्ना सेवाका केन्द्रिय अध्यक्ष केहेरसिं योङहाङ, बिशेष अथिति हिमाल बेघा, प्रमुख माङसेवासावा तेज बहादुर थलङ, गुरु निजि प्रवक्ता डिल्ली राम चाम्लीङले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरि माङसेबुङ गाउँपालिका कार्यकारी सदस्य पुर्ण कार्की ढोली, वडा न. ५ का अध्यक्ष नरेन्द्र राई, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मन कुमार आङबुहाङ, हरि थोक्लेहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रकाश सावादेनको स्वागत तथा औचित्य मन्तव्य र ललित चन्द्र फियाकको सञ्चालन रहेको थियो ।

सम्बन्धित खवर