इलाम / इलामको सूर्योदय नगरपालिका–१३ की आकृति राईको हत्याको आरोपमा छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको छ ।
गत मंगलबार कक्षा ११ को जाँच लेख्न विद्यालय हिँडेकी आकृतिको लाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको आरोपमा रोशन राईलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
हत्यारा रोशनले आकृतिलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको बयान दिएको इलामका प्रहरी प्रमुख हीरा बहादुर पाण्डेले जानकारी दिए ।
सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पूर्णबहादुर राईकी छोरी आकृतिको हत्या गरी माटोमा गाडेको अवस्थामा बुधबार शव फेला परेको थियो ।
युवती मंगलबार बिहान घरबाट परीक्षा दिन भनी हिँडेकी तर विद्यालय नपुगेपछि खोजतलास सुरु गरिएको थियो । आकृति स्थानीय ज्योति मावि कक्षा ११ मा पढ्थिन् ।
बुधबार दिउँसो अम्लिसो बारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो ।
ढुंगाले टाउकोमा हानेर हत्या गरेको र आफ्नै गाई बाध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा लगेर खाल्डो खनेर गाडेको रोशनको बयान उद्धृत गर्दै प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।