सत्य, तथ्य र पुष्टि भएका समाचार मात्रै सम्प्रेसण गर्न प्रेस नेपालको अपिल - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सत्य, तथ्य र पुष्टि भएका समाचार मात्रै सम्प्रेसण गर्न प्रेस नेपालको अपिल


काठमाण्डौ / कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम विश्वमै महामारी बन्दै त्रास फैलिइ रहेको अवस्थामा प्रेस नेपालले सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा सत्य, तथ्य र पुष्टि भएका जानकारीहरुका आधारमा मात्र समाचारजन्य सामग्रीहरुको प्रकाशन/प्रशारण गर्न अपिल गरेको छ ।

कोरोना भाईरसबारे सामाजिक सञ्जालहरुबाट प्रसारण भइरहेका झुटा, भ्रामक र आममानिसमा गलत प्रभाव पार्ने सूचना सन्देशहरुबाट सजग रहन साथै, यो संकटको घडीमा प्रेस नेपालसँग आवद्ध तथा अन्य सम्पूर्ण सञ्चारकर्मी मित्रहरु सो अपिल गर्दै सांगठनिक धारणा सार्वजनिक गरेको छ ।

आइतबार प्रेस नेपालका महासचिव विजय चाम्लिङले जारी गरेको विज्ञप्तीमा कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्दै, आफू र आफ्नो समाज, राष्ट्रलाई बचाउने दायित्व र जिम्मेवारी राज्य, सरकार, सरकारी निकायलगायत समस्त नागरिकहरुको पनि रहेको जनाएको छ ।

मानवीय सेवा, उपचार, सचेतना, सुरक्षा र शान्तिको प्रत्याभूति अहिलेको मुख्य आवश्यकता रहेको जनाउदै नेपाल सरकारले गरेको निर्णयहरुको समर्थन गरेको प्रेस नेपालले जनाएको छ ।

विज्ञप्तीमा कोरोना भाइरसको संक्रमण हुने जोखिमबाट बच्न स्वास्थ्यसम्बन्धी सुझाइएका सबै उपायहरु अवलम्बन गर्न, सकेसम्म घरमै बसेर वा सुरक्षित तवरले रिपोर्टिङ गर्ने, कार्यालयका कामहरु गर्ने प्रवन्ध मिलाएर कार्य गर्न र अत्यावश्यक नभएसम्म भिडभाडमा नजाने, जानैपरे माक्सको अनिवार्य प्रयोग गर्ने, घरमा वा घरबाहिरबाट आएर अनिवार्य साबुनपानी वा सेनिटाइजर प्रयोग गरेर हातमुख धुने तथा शारीरिक स्वाथ्यमा ध्यान दिन सबैमा अनुरोध गरेको छ ।

त्यस्तै संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक थप प्रभावकारी कदमहरु चाल्न नेपाल सरकारसमक्ष माग गर्दै, प्रेस नेपालसँग सम्बन्धित सबै कार्यक्रम, गतिविधि, बैठक, भेलालगायत कार्यहरु हाललाई स्थगित गरिएको जनाएको छ ।

हाल विश्वका १६५ भन्दा बढी मुलुकमा कोरोना भाइसको संक्रमणबाट मानिसहरु आक्रान्त बनेको तथ्यहरु सार्वजनिक भएका छन् । कोरोना भाइरसको संक्रमणबारे जानकारी उपलब्ध गाराउँदै आएको ‘वल्डोमिटर्स’बाट प्राप्त तथ्यांकअनुसार आइतबार दिउँसो २ बजेसम्ममा विश्वका ३,०८,५९४ मानिस संक्रमित भइसकेका छन् भने १३,०६९ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट संक्रमितमध्ये ९५,८२९ जना पूर्ण स्वास्थ्य लाभ गरेर घर फर्किएका पनि छन् । विश्व स्वास्थ्य संगठनको आँकलनअनुसार विश्वमा संक्रमित हुने दर घट्दै गएको छ । तर, कोरोना भाइरसको संक्रमण र संक्रमित भएका मानिसहरुको मृत्यु हुने क्रम भने रोकिएको छैन ।

 

सम्बन्धित खवर