आजदेखि देशभर ‘लक डाउन’, उल्लंघन गरेमा ६ महिना कैद हुन सक्ने(फोटो फिचर सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आजदेखि देशभर ‘लक डाउन’, उल्लंघन गरेमा ६ महिना कैद हुन सक्ने(फोटो फिचर सहित)

माङसेबुङ / आज विहान ६ बजे देखि देशभर सरकारले लागु गरेको ‘लक डाउन’ सुरु भएको छ । सरकारले आमसर्वसाधारणको आवतजावत रोक्नका लागि गर्ने लकडाउन व्यवस्था सुरु गरेको हो ।

यो कफ्र्यु भने होइन । सरकारले आमसर्वसाधारणको स्वास्थ्यलाई ध्यानमा राखेर विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमण नहोस भन्नका लागि यो व्यवस्था लागू गरेको हो ।

केन्द्रीय सरकार तथा प्रदेश सरकारले संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउनको निर्णय गरेको हो । मंगलबारदेखि सर्वसाधारणलाई घरभित्रै रहनुपर्नेगरी प्रहरीले घरबाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङसमेत गर्ने भएको छ । यो संगै सडक बजार सुनसान देखिन थालेको छ ।

लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्न समेत दिने निर्णय गरिएको छ । निश्चित समयमा खाद्यान्न तथा तरकारी पसलसमेत चलाउन दिने सरकारको निर्णय छ । लकडाउनमा कफ्र्युमा भन्दा केही लचकता हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुवै अवस्थामा अनुमति लिएर सञ्चालन हुन पाउनेछन् ।

अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्नेले सवारीसाधन प्रयोग गर्न पाउनेछन् । जसमा स्वास्थ्य, सुरक्षाका सवारीसाधन सञ्चालन हुन पाउनेछन् ।

खाद्य वस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन तथा फोहोरमैलाका कर्मचारी काममा जान पाउनेछन्  । अत्यावश्यक सेवामा आबद्ध अन्य सरकारी कार्यालयसमेत खुल्नेछन् ।

संक्रामक रोग ऐन, २०२० अनुसार नियम उल्लंघन गरे ६ महिनासम्म कैद हुन सक्छ । ऐनअनुसारको आदेशको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र सय रुपैयाँसम्म जरिवाना तथा ऐनअनुसारका अधिकृत व्यक्तिहरूलाई बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद र ६ सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

सम्बन्धित खवर