माङसेबुङमा कोरोना भाईरस नियन्त्रणका लागि माक्स वितरण(फोटो फिचर सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा कोरोना भाईरस नियन्त्रणका लागि माक्स वितरण(फोटो फिचर सहित)

माङसेबुङ / चीनको वुहानबाट विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९)को संक्रमणबाट आफु पनि बाँचौ अरुलाई पनि बचौं भन्ने अभियानका साथ माङसेबुङमा माक्स वितरण गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल वडा कमिटि माङसेबुङ ५ का अध्यक्ष पदम कुमार थेगिमको नेतृत्वमा मंगलबार कोरोना भाईरस(कोभिड–१९)को नियन्त्रणका लागि माङसेबुङ गाउँपालिकाको वडा न. ५ र वडा न. ३ को विशेष गरि आमसर्वसाधारणको आवतजावत बढी हुने ठाउँहरुमा एक हजार जनालाई माक्स वितरण गरिएको हो ।

कोरोना भाइरस(कोभिड–१९) संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि बिभिन्न सहयोग दाताहरुको सहयोगमा सर्वसाधारणको घरघरमा पुगेर माक्स संगै कोभिड–१९ सम्बन्धी सचेत गराउने सामाग्री समेत वितरण गरेको नेपाल तरुण दल वडा कमिटि माङसेबुङ ५ का अध्यक्ष पदम कुमार थेगिमले बताए ।

यस्तै माङसेबुङ गाउँपालकिाका अध्यक्ष डिकेन्द्र इधिङगोको नेतृत्वमा प्रशासकीय अधिकृत डिल्लीराम सुबेदी सहितको टोलीले मंगलबारबाटै गाउँपालिकाका सबै स्वास्थ्य चौकी, पसल र हाट बजार सिमा नाका र सार्वजनिक स्थलहरुको स्थलगत अनुगमन सुरु गरिएको जनाएको छ ।

यसैगरि आज विहान ६ बजे देखि देशभर सरकारले लागु गरेको ‘लक डाउन’ सुरु भएको छ । सरकारले आमसर्वसाधारणको आवतजावत रोक्नका लागि गर्ने लकडाउन व्यवस्था सुरु गरेको हो ।

 

सम्बन्धित खवर