नेपालमा कोरोना संक्रमित तिन पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोना संक्रमित तिन पुग्यो


दमक / चीनको बुहानबाट शूरु भएको कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको संख्या नेपालमा तीन पुगेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशित गरेर कोरोनाका बिरामी थप एक नयाँ भेटिएको जनाएको छ । उनको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भइरहेको छ । भक्तपुर बस्ने र केही दिनअघि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनबाट डिस्चार्ज भएका व्यक्ति रहेको स्रोतले जनाएको छ ।

उनी विदेशबाट आएका थिए वा नेपालमै बसिरहेका थिए भन्नेबारेमा अस्पताल र मन्त्रालयले केही खुलाएको छैन ।

यसअघि कोरोना संक्रमित देखिएका मध्ये एक जनालाई उपचार पछि निको भएको थियो भने फ्रान्सबाट कतार हुँदै चैत ४ मा नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो ।

सम्बन्धित खवर