कोरोनाबारे भ्रम फैलाउने तीन वेबसाईट बन्द - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबारे भ्रम फैलाउने तीन वेबसाईट बन्द


काठमाण्डौ / कोरोना भाइरस (कोभिड १९) बारे भ्रमपुर्ण समाचार फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको छ ।

प्रेस काउन्सिल नेपालले विज्ञप्ती जारी गर्दै ३ वटा वेबसाइट बन्द गराइएको छ जनाएको छ ।

काउन्सिलका अनुसार बन्द गराइएका वेबसाइटालाई आपत्तिजनक र विवादास्पक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाई नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ । यसरी नै २६ वटा वेबसाईटलाई जवाफ मागिएको छ ।

काउन्सिलले सबैखाल सञ्चार माध्यम, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई तथ्यपरक समाचार मात्रै सम्प्रेसण गर्न अनुरोध गरेकोछ ।

सम्बन्धित खवर