बेल्जियमबाट आएकी युवतीमा कोरोना संक्रमित भएको पुष्टी - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेल्जियमबाट आएकी युवतीमा कोरोना संक्रमित भएको पुष्टी


काठमाण्डौ / नेपालमा पाँचौ कोरोना संक्रमित भेटिएका छन् ।

बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना संक्रमण देखिएको पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बागलुङ निवासी १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।

देवकोटाका अनुसार ती युवती अहिले चिकित्सकको निगरानीमा उपचार गरिरहेकी छन् । बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी ती युवतीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना देखिएको हो । उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् काठमाडौं आएको खुलेको छ । यसअघि चार जनामाा कोरोना संक्रमण देखिएको थियो ।

सम्बन्धित खवर