कोरोना भाइरसका कारण मृत्यु हुने ३४ हजार पुग्यो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना भाइरसका कारण मृत्यु हुने ३४ हजार पुग्यो

 

एजेन्सी / कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ हजार हाराहारीमा पुगेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ । त्यस्तै इटलीमा हिजो ७ सय ५६ जनाको मृत्यु भएको छ । अमेरिकामा २ सय ५५ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएसंगै अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ७६ पुगेको छ ।

त्यस्तै संक्रमित हुनेहरुमा स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा हिजो १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । इटालीमा ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या ७ लाख २२ हजार १ सय ९६ पुगेको छ ।

स्वास्थ्य उपचारपछि कोरोनाबाट निको हुने मानिसको संख्या १ लाख ५१ हजार ७ सय ७६ पुगेको छ ।

सम्बन्धित खवर