इलामको माङसेबुङमा सागसब्जी वितरण (फोटो फिचर सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको माङसेबुङमा सागसब्जी वितरण (फोटो फिचर सहित)


माङसेबुङ / इलामको माङसेबुङ गाउँपालिका ५ र ३ का विभिन्न घरपरिवारलाई हरियो सागसब्जी वितरण गरिएको छ ।

सोमबार माङसेबुङ गाउँपालिका ६ र स्थानीय मिरमिरे साँस्कृतिक प्रतिष्ठानले माङसेबुङको खानीटार, भालुटार, लिलाम्दुम सेनेला, सेसेला, प्रहरी चौकी लामीटार लगायतका टोलहरुमा सागसब्जी वितरण गरिएको हो ।

माङसेबुङ गाउँपालिका ६ का वडाअध्यक्ष प्रदिप राई र मिरमिरे साँस्कृतिक प्रतिष्ठानका सचिव हेमन्त राईको अगुवाईमा ९ सय ६५ मुठा अर्गानिक रायो साग, २ सय ७५ मुठा जरिङ्गो, १ सय ७० मुठा धनिया, ३ सय मुठा जिम्बू र १ सय केजी काउली, सिस्नोलगायत वितरण गरिएको थियोे ।

कार्यक्रममा माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बा, माङसेबुङ ३ का वडाअध्यक्ष मैतराज राई, माङसेबुङ ५ का वडाअध्यक्ष नरेन्द्र राई, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङलगायतको उपस्थिति रहेको थियो ।

कोरोना भाइरस (कोभिड १९) बाट बच्न सरकारले गरेको लकडाउनका कारण हरियो सागसब्जीको अभाव भएका क्षेत्रमा वितरण गरिएको जनाइएको छ ।

सम्बन्धित खवर