सरकारले कोरोनाको नमुना परीक्षणमा तीव्रता दिदैं - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारले कोरोनाको नमुना परीक्षणमा तीव्रता दिदैं

काठमाडौं / सरकारले कोरोनाको नमुना परीक्षणमा तीव्रता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नमुना जाँचको दायरा बढाएर परीक्षणलाई तीव्रता दिएको हो ।

शुक्रबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको शंकामा गत २४ घण्टामा काठमाडौंमा ४०१ र काठमाडौं बाहिर २२९ गरी ६३० जनाको कोरोना परीक्षण गरेको जानकारी दिए ।

यस्तै अहिलेसम्म देशभर ३ हजार ५२४ जनाको नमुना परीक्षण भएको प्रवक्ता देवाकोटाले जानकारी दिए । कैलालीमा ३३९, कञ्चनपुरमा १३७, बाग्लुङमा १९ र कपिलवस्तुमा २१ जनाको परीक्षण गरिएको उनले बताए ।

डा. देवकोटाले ती सबै जिल्लामा संकलित नमुनाको नतिजा नेगेटिभ आएको र ८०० भन्दा बढी नमुनाको जाँच चलिरहेको बताए ।

सम्बन्धित खवर