थप एक जनामा कोरोना पुष्टि, संक्रमित हुने १३ पुग्यो - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप एक जनामा कोरोना पुष्टि, संक्रमित हुने १३ पुग्यो


दमक / नेपालमा थप एकजना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

सुदुरपश्चिममा एक जना व्यक्तिमा कोरोना संक्रमित भएको भेटिए संगै नेपालमा संक्रमित हुनेको संख्या १३ पुगेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना ’पोजेटिभ’ देखिएको हो । यस भन्दा अगाडि भेटिएका संक्रमित १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन् ।

लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलार्को यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए । उनी परिवार सहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै तिमिल्सिनाले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए ।

यी महिलासँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । उनीहरु सबै सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् ।

आइतवार मात्रै वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन भारतीयमा कोरोना पुष्टि भएको थियो । नेपालमा कोरोना भेटिएकामध्ये सेती अस्पतालमा ५ जना, बागलुङमा २ जना, वीरगञ्जमा तीनजना र काठमाडौंमा दुईजना उपचाररत रहेका छन् ।

सम्बन्धित खवर