भारतले लकडाउनको अवधी बैसाक २१ सम्म लम्ब्याउने - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतले लकडाउनको अवधी बैसाक २१ सम्म लम्ब्याउने


दमक / भारतले लकडाउनको अवधीलाई थप लम्ब्याउने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गर्दै कोरोनासँग जुध्न लकडाउन मात्रै अन्तिम विकल्प भएको बताएका छन् । गत २२ मार्चदेखि सुरु भएको लकडाउनलाई मे ३ तारिख अर्थात वैशाख २१ सम्मका लागि लम्ब्याउने घोषणा गरेका हुन् । गत २५ मार्चदेखि जारी २१ दिन लामो लकडाउनको अन्तिम दिन मंगलबार देशबासीका नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् ।

’देशवासीको तपस्या र त्यागका कारणा भारतमा कोरोनाका कारण हुने क्षतिलाई धेरै हदसम्म रोक्न सफल भएका छौं’, भन्दै मोदिले ’सबैको सुझावलाई ध्यानमा राख्दै लकडाउनलाई मे ३ तारिखसम्म बढाउने निर्णय सरकारले लिएको बताए ।

केन्द्र सरकारको निर्णय प्रदेश सरकारले राम्रोरी पलना गरी कोरोना फैलन नदिई नियन्त्रण गर्न सके प्रदेश सरकारलाई भिविन्न सेवा सुविधामा छुट दिने जनाएको छ । त्यस्तै कोरोनाको भ्याक्सीन बनाउनका लागि भारतका वैज्ञाकिहरुलाई मोदीले अनुरोध समेत गरेका छन् ।

भारतमा अहिलेसम्म आठ राज्य र एक केन्द्र शासित प्रदेशले ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरिसकेका छन् । यसमा महाराष्ट्र, पश्चिम बंगाल, पञ्जाब, ओडिशा, अरुणाचल प्रदेश, मेघालय, तेलंगाना र तमिलनाडु छन् । केन्द्र शासित प्रदेश पुडुचेरीले पनि लकडाउन बढाउने घोषणा गरिसकेको छ ।

अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गइरहेको छ । हिजो मात्रै भारतमा १२ सय भन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । भारतमा हालसम्म १० हजार ४ सय ५३ कोरोना संक्रमित भेटिँदा ३५८ जनाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित खवर