‘छोरा यहि माहौलमा जन्मियौ’ कविता कोरोना कहर : कवि – एस्. बि. खाम्बोङबासा ताम्लीङ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘छोरा यहि माहौलमा जन्मियौ’ कविता कोरोना कहर : कवि – एस्. बि. खाम्बोङबासा ताम्लीङ

छोरा,
तिमी यस्तो बेला जन्मियौ
हतास लाग्दो समय जन्मियौ
यो सुन्दर संसार–
फुंग उडेर
कुरूप भएको बेला जन्मियौ ।

नया वर्षसंगै पालुवा फेरिएका छन्
घर छेवैको आरूका बोटहरू
हांगै भाचुला झैं फेदसम्म लत्रीएर
ढकमक्क फूलेर कुनै प्रसंशक कुरी रहेका छन्
कुनै बैसालु हातले हाँगाको अंकुश पकडी
सेल्फÞी हाने हुन्थ्यो– र ‘क्यापसनमा’ ……!
आरू हुनुको वर्णन गरोस्–
ता कि जवाफमा स्वागतम भन्न सकुन्–
प्रकृति ।

तर अपसोच,
यहाँ त्यस्तो कुनै चहल पहल छैन
तिमी आउन अघिनै पुरै सहर खण्डहर भा’छ
लाग्छ यहा मानव बस्तिनै छैन
सन्नटामा हराइ रहेका नगरका गल्लिहरू हेर्छु
शंसान घाट झैं लाग्छ
मनमा कुरा खेल्छ…..
…नरसंहार पछि, सहरको पनि मृत्यु भएछ ।
–म पनि कतै मृत बाँचि रहेको त छैन ?
म आफै भित्र हराएको मानिस लाग्छ
बाटो भूलेको यात्रु लाग्छ
म आफै भित्र निसासिन्छु
कुनै बेला त पागल हुँ लाग्छ
यो आँखी झ्याल भएर पनि
आफ्नै घर कारागार झैं लागि रा’छ ।

त्यो साँझ सम्झन्नछु
तिम्रो आमाको अवस्था
र सम्हाल्न नसकेको पीडा–
आंग जीरिंग हुन्छ–सिथील हुन्छ !
–झनै साक्षत दृष्टान्त भो उ दिन देखि
आमा देवी हुन् – सन्तानको निम्ति
लाखौं पीडा सहन्छिन् ।

तिमी आउदा पहिलो रोदनसंगै
न्यानो गोद दिन नपाउँदा—को क्षण,
नमीठो लागि रा’छ

हो छोरा,
तिमी यहि माहोलमा जन्मिएका हौ
जस बेला शक्तिका रास्ट्रहरू घुडा टेकि रहेका छन्
जैविक प्रकोप कि…(जैविक यूद्ध) ?
आफैमा रहस्यमय छ – यो
कल्पित ‘कोरोना भाइरस’ को कथा
तर त्यो दरबार हात्यकाण्ड जति छैन

विज्ञानले निम्त्यएको अदृश्य युद्ध लड्दै गर्दा
घरी–घरी मलाई – उसले प्रयोग साला बनाउछ
म पनि विवस – छु ।

ल छोरा,
म अझै नकाबमा छु – भोली पक्का विजय हुन्छ !
नकाब खोलिन्छ – विजय उत्सव मनाइन्छ
अनि तिम्रो ‘न्वरान’ गरौंला,
त्यो दिन मात्र ओठले चुमुला
अहिलेलाई माक्स् बाटै ….म्वा..म्वा !..म्वा ! ।

                          अमेरिका

सम्बन्धित खवर