माङसेबुङका ११० घर परिवारले पाए धनीपुर्जा(फोटो फिचर सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङका ११० घर परिवारले पाए धनीपुर्जा(फोटो फिचर सहित)

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ६ का एक सय १० घर परिवारले दुई सय १८ जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

माङसेबुङ ६ को माङमालुङमा आइतबार आयोजित एक कार्यक्रमका बीच यहाँका अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको हो ।

लालपूर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले धनीपूर्जा बाँढ्ने हल्ला गरेर होइन, काम गरेर देखाएको दिन भएको जिकिर गरे । ‘यो पैसा जस्तो चिज हो, बैंकमा धरौटी चल्छ, बिक्रीपट्टा हुन्छ, काममा आउँछ । त्यसैले जग्गालाई विशेष चिज मान्छौँ । धनीपूर्जा हातमा नपरेसम्म यसको चल्तीको कारोबार हुँदैन । आज पूजा पाउनु भएको छ । अब यो तपाईहरुको आफ्नो जमिन भएको छ’, मगरले भने । माङसेबुङ गाउँपालिकाले ऐतिहासिक काम गरेको उनको ठहर थियो ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जनताले आफ्नो जमिनको स्वामित्व प्राप्त गरेको दिन ऐतिहासिक दिन भएको जिकिर गरे । ‘सयौं वर्षदेखि आमोद कुमोद गरेको जमिनको पूर्जा प्राप्त हुनुमा भूमि आयोगको उच्च योगदान छ’, अध्यक्ष राईले भने । स्थानीय नागरिकका तर्फबाट नापीलगायत विभिन्न कार्यमा खटेका कर्मचारी, जनप्रतिनिधि र समन्वयका लागि राजनीतिक दलहरुको सकारात्मक भूमिकाको पनि अध्यक्ष राईले प्रशंसा गरेका थिए ।

भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष प्रकाश अधिकारीले माङसेबुङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरिएको जानकारी दिए ।

माङसेबुङ गाउँपालिकाको आयोजना रहेको सो कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री मगर, प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईलगायतले लालपूर्जा वितरण गरेका थिए ।

कार्यक्रममा जिसस इलाम प्रमुख राई, नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा रमण, नेपाली काँग्रेसका इलामा जिल्ला अध्यक्ष निरज खड्कीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

माङसेबुङ गाउँपालिकामा दुई हजार पाँच सय ३६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएकोमा एक सय १० जनाको निर्णय भएर आयतबार लालपुर्जा पाएका भूमि आयोग इलामले जनाएको छ ।

सम्बन्धित खवर