मेचु धिमालले ल्याए लिम्बू गित ‘आदाङबे सोवारो’ - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मेचु धिमालले ल्याए लिम्बू गित ‘आदाङबे सोवारो’

  • आन्छुमे नसान

माङसेबुङ । गायिका मेचु धिमालको लिम्बू भाषाको विल्कुलै नयाँ गित ‘आदाङबे सेवारो’ सार्वजनिक भएको छ ।

गायिका मेचु धिमालको आवाज र निर्देशन रहेको ‘आदाङबे सेवारो’ बोलको गितको म्युजिक भिडियो मेचु धिमाल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

असित थेगिम र यासेली योङहाङको शव्द सृजना रहेको गितमा संगीत उत्तमजंग लावतीले भरेका छन् । सविन लिम्बूको संगीत संयोजन रहेको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

भिडियोमा इसाक जबेगुको छायंकन तथा सम्पादन, रविना लिम्बूको मेकअप रहेको छ । काठमाडौमा छायांकन गरिएको भिडियोमा सागर केरुङ, मेचु धिमाल, सडज सम्बाहाङ्फे, सविन लिम्बू, गृष्म आङ्बुहाङ, नितुरानी नेम्बाङ, नुमा लिङ्देन, ज्योती लिम्बु र मनु पाहिमले फिचरिगरेका छन् ।

भिडियोमा लिम्बू संस्कृतिमा आधारित केलाङ, यालाङलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । यस्तै लोप हुदै गएको जातोलाई समेस भिडियोमा समावेश गरिनुले मौलिक परम्परालाई जिवित राख्ने प्रयास गरिएको छ । मौलिक गरगहना र भेषभुषामा सजिएकी मेचु धिमाल लिम्बू कल्चरमा समेत सुन्दर देखिएकी छन् ।

भइसअफ नेपाल सिजन–२ का सेमीफाइनलिस्ट मेचु धिमालले दर्जनौं धिमाल भाषाका गीतहरु गाएकी छिन भने, लिम्बू चलचित्र ‘रीत’ मा समेत स्वर दिएकी छन् ।

‘सथिक मेबोक्से’ बोलको लिम्बू भाषाको गीत गाएकी मेचुको ‘आदाङ्बे सेवारो’ तेस्रो लिम्बू गित हो । गायिका धिमालले लिम्बू भाषा र धिमाल भाषाका अलावा दुई सयभन्दा धेरै गीतहरु गाएकी छन ।

डेढ दशक लामो संगीत यात्रा गरेकी मेचुले धेरै सांगीतिक मञ्चहरुमा प्रस्तुत गर्दै आएकी छिन ।

भिडियो हेर्नुहोेस…

सम्बन्धित खवर