झापामा थप एक जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप एक जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो


काठमाडौं / झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ५२ पुगेको छ ।

आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यी नयाँ संक्रमित झापाको बाह्रदशी गाउँपालिका राजगढ निवासी हुन् । उनी मुस्लिम धर्मावलम्बीको जमाती समुदायका हुन् ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो ।

यस्तै १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर