थप दूई जनामामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५४ पुग्यो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप दूई जनामामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौं / नेपालमा थप दुई जनामा कोरोना संक्रमणको पुस्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

रौतहटमा भारतबाट आएका दुई युवकमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको हो । संक्रमित एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक छन् ।

उनी गत चैत २२ गते कलकत्ताबाट आएका थिए । नगरपालिकाका मेयर रामस्नेही राय यादवका अनुसार युवकको जनकपुरमा रहेको पिसिआर मेसिनमा नेगेटिभ आएको र काठमाडौंमा आएको नतिजामा पोजेटिभ देखिएको हो ।

अर्का संक्रमित देवाही गोनाही नगरपालिका– १ निवासी ३५ वर्षीय पुरुष हुन् । उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए ।

उनी भने अहिले पनि क्वारेन्टाइनमै रहेको मयेर धर्मेन्द्र प्रसाद पटेलले जानकारी दिए । दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।

अहिले सम्म नेपालमा १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर