भारतमा लकडाउनको अवधि २ हप्ता थप गरियो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतमा लकडाउनको अवधि २ हप्ता थप गरियो

काठमाडौं / भारतमा लकडाउनको अवधि दुई हप्ता थप गरिएको छ ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको द हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो । लकडाउनका बाबजुद् भारतमा कोरोना भाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ ।

शुक्रबारसम्म भारतमा ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५४ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर