निर्माता तथा कलाकार देउ कृष्ण देवानको ‘तारेभीर’ सार्वजनिक(चलचित्र सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्माता तथा कलाकार देउ कृष्ण देवानको ‘तारेभीर’ सार्वजनिक(चलचित्र सहित)

काठमाडौं / निर्माता, निर्देशक तथा कलाकार देउ कृष्ण देवान लिङखा याक्खाको निर्माणमा बनेको नेपाली कथानक चलचित्र ‘तारेभीर’ युट्युवमार्फत् सार्वजनिक गररिएको छ ।

नेक्स्ट जेनेरेशनको व्यानरमा बनेको चलचित्र ‘तारेभीर’लाई निर्माता देवानले शुक्रबार ओ.एस.आर. डिजिटलमार्फत सार्वजनिक गरेका हुन् ।

कलाकार तथा निर्देशक प्रेम सुब्बाले निर्देशन गरेको चलचित्रमा कथा, पटकथा तथा संवाद समेत निर्देशक सुब्बाको रहेको छ ।

चलचित्रमा विष्णु चेमजोङ, रेखा फागो, नवीन कार्की, रमेश सिंह, देउ कृष्ण देवान, दीपेश श्रेष्ठ, अजय कुमार माझी, निर्मल थापा, मञ्जु श्रेष्ठ, रञ्जित राना र प्रेम सुब्बा लगायतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउनको अवस्थामा रहेको बेला घरैमा बसेर चलचित्रलाई हेर्न सकिने गरि चलचित्र ‘तारेभीर’ युट्युवमार्फत् सार्वजनिक गरिएको निर्माता तथा कलाकार देउ कृष्ण देवानले बताए ।

यसैबीच उनले आफ्नो दर्शकहरुलाई लकडाउनको समयमा थप मनोरञ्जन प्रदान गर्नका लागि तारेभीर युट्युवमा सार्वजनिक गरेको बताए ।

नेपाल प्रहरीको जिम्मेवारी बोध गराउने पारिवारिक तथा सामाजिक कथा बस्तुमा आधारित निर्माण गरिएको चलचित्रमा जनक गुरुङको द्धन्द, युवराज राईको छायांकन र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।

चलचित्र हेर्नुहोस :-

सम्बन्धित खवर