कोरोनाका कारण विश्वभर २ लाख ६४ हजारको मृत्यु, संक्रमितको संख्या ३८ लाख नाघ्यो - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाका कारण विश्वभर २ लाख ६४ हजारको मृत्यु, संक्रमितको संख्या ३८ लाख नाघ्यो

काठमाडौं  / विश्वव्यापी कोरोना भाइरस(कोभिड–१९)को महामारीका कारण विश्वभर २ लाख ६४ हजार ८ सय ११ जनाको मृत्यु भएको छ ।

विश्वभर ३८ लाख १८ हजार ७ सय ९१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसैगरि १२ लाख ९९ हजार २ सय ३४ बढी उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोनाका भाइरसका कारण अमेरिकामा ७४ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ६२ हजार ८ सय ८७ पुगेको छ ।

इटालीमा २ लाख १४ हजार ४ सय ५७ बढी संक्रमितमध्ये २९ हजार ६ सय ८४ जनाकोे मृत्यु भएको छ ।

स्पेनमा २ लाख ५३ हजार ६ सय ८२ कोेरोना संक्रमित मध्ये २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख १ हजार १ सय १ नाघ्दा ३० हजार ७६ बढीको मृत्यु भएको छ ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ७४ हजार १ सय ९१ नाघेको छ । जसमध्ये २५ हजार ८ सय ९ जनाको मृत्यु भइसकेको छ । यस्तै जर्मनीमा १ लाख ६८ हजार १ सय ६२ संक्रमितमध्ये ७ हजार २ सय ७५ जनाको मृत्यु भएको छ ।

भारतमा पनि कोरोना संक्रमणको दर उच्च छ । भारतमा ५२ हजार ९ सय ८७ जनामा संक्रमण देखिएको छ भने १ हजार ७ सय ८५ जनाको मत्यु भएको छ । (एजेन्सी)

सम्बन्धित खवर