पर्यटक भन्नाले विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले “आफ्नो सामान्य परिवृत्ति बाहिर चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरि बस्ने मान्छेलाई जनाउँछ ।
१)उठान
प्रकृति, पृथ्वी र मुन्धुमी सस्कृति अवलम्बन गर्ने याक्थुङ साःहरु नै मुन्धुम मार्गी हुन । मुन्धुम किरात याक्थुङहरुको ढुकढुकी हो । मुन्धुम आदर्शपूर्ण, सत्य, तथ्य र उत्कृष्ट संस्कारको उच्चतम नमुना हो । यहाँ याक्थुङ साःहरुको मात्र मुन्धुम भन्दा पनि किरातीहरुले सरल जीवन जिउने क्रममा बृहत् खोज अनुसन्धान गरेर आविस्कार गरिएको शक्तिशाली दर्शन हो । यो दुई शब्द मुन्ंथुमको संयोजनबाट बनेको हो । मुनको अर्थ हल्लिनु, चलयमान हुनु, गतिवान हुनु भन्ने हुन्छ । थुम भन्नाले शक्ति वा बल जो आफैमा अदृष्य र निराकार शक्तिद्वारा हरेक वस्तु, विश्व ब्रह्माण्ड चल्छ ।
आज मुन्धुम र पर्यटनलाई जोड्न आवश्यक देख्छु ।
हुन त पर्यटन भन्नाले व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । पर्यटक भन्नाले विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले “आफ्नो सामान्य परिवृत्ति बाहिर चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरि बस्ने मान्छेलाई जनाउँछ । हुन त विश्वमा औपचारिक रूपमा पर्यटन व्यवासाय सुरु भएको इतिहास हेर्दा लगभग एक सय ५९ वर्षको भैसकेको छ । विश्वमा पर्यटन व्यवासाय औपचारिकरूपमा बेलायती नागरिक थोमस कुकले सन १८४१ मा सुरु गरेका थिए । सो वर्ष बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठितरूपका साथै निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरूलाई देशभित्रै घुमाउन सुरु गरेका थिए । निश्चय नै त्यसअघि पनि विश्वका अनेक मान्छेहरूले अनेक खालका भ्रमणहरू गर्थे र गरेका थिए । तर ती मान्छेहरूले गर्ने भ्रमणहरू फरक–फरक उद्देश्य लिएर हुने गथर््यो । धार्मिक, व्यापारिक, जासुसीलगायत अनेक खाले खोज तथा अनुसन्धान र जासुसीलगायतका लागि धेरै मान्छेहरू त्यो बेला पनि अन्य देशको भ्रमणमा निक्लन्थे । त्यसमा केही न केही निहित उद्देश्य त हुन्थ्यो नै । यसरी हेर्दा के याक्थुङ साःहरु चै कहिले व्यापारिक, धार्मिक, शैक्षिक, समाजिक, सस्कृतिक, राजनितिक तथा अन्य खाले खोज तथा अनुसन्धानका लागि घरबाट बाहिर गएन्न…?
पूर्वी पहाडी इलाकाहरू तामाकोशी, अरुण, तमोर उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैंसी, सुगुर, कुखुरा, कुकुर र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए । काठमाडौंको गोकर्णमा केन्द्र बनाई उपत्यका भित्र पनि खेतीपाती गरेका थिए ।
नेपालमा किरात राजाहरुले बत्तिसौ राज्य सञ्चालन गर्दा पनि किन अर्थ तन्त्रको कुरा उठाएन्न । के येहाङ, कान्देनहाङ, सोधुङगेन लेप्मुहाङ, माबोहाङ, सिरीजंगाहाङ, हिल्लीहाङ हुदै मुहिगुम अङ्सी फाल्गुनन्द लिङदेनसम्म आउदा धनु र गुलेली मात्र खेलाए र बसे त ? कि कसले लुकायो हाम्रो दस्तावेजहरु भन्ने प्रश्न याक्थुङ लेखक संघ झापा जिल्ला तदर्थ समितिका सचिव अबिशेक नेम्बाङले सोधेका थिए ।
यो प्रश्नको जवाफ दिन निकै कठिन छ्र, तथापी शक्तिशाली प्रश्न सोध्ने युवाहरुको उत्तर त दिनै छ्र । मुन्धुमी पर्यटनको कोणबाट केहि कुरा राख्नु नै छ्र ।
२)को हुन लिम्बु वा याक्थुङसाःहरु…?
लिम्बू वा याक्थुङसाहरुलाई सरल तरीकाले बुझ्ने हो भने नेपालमा बसोबास गर्ने पहिलो एक आदिवासी किरात जाति हुन । याक्थुङ भनिने लिम्बुहरू पुरानो किरात राज्यको वा पूर्वी नेपालका पहाडी क्षेत्र र अझ पूर्वीय क्षेत्रका रैथाने हुन । शाब्दिक अर्थमा लिम्बुको नजीकको अर्थ धनु चलाएर राज्य सञ्चलन गर्ने एक शक्तिशाली जाति हुन आउछ । उनीहरू आफूलाई याक्थुम्बा वा याक्थुङ भन्छन् । मौलिक लिम्बु भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालमा चार लाख सतासी हजारको हाराहारीमा छन् ।
वि.स. २०४८ सालको जनगणना अनुसार कुल जनसंख्याको १.६५ प्रतिशत लिम्बु जाति ३ जिल्लामा बहुल संख्यामा रहेका छन् । यो जाति नेपालमा मात्र होइन भुटान, भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगपुर, अमेरिका, अस्ट्रेलीया, बर्मा र क्यानडा लगायत विभिन्न ठाउँहरूमा पनि छरिएर स्थायी बसोवास गरिरहेका छन् । उत्तरमा तिब्बत र दक्षिणमा भारत विचको नेपालका पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत सिक्किम, पश्चिम बङगाल, कालिम्पोङदेखी भुटानसम्म लिम्बुहरुको थातथलो हो । उनीहरु याक्थुङ पान यनिकी लिम्बुभाषा, हाङसाम साम्यो(किरात धर्म), युमा र थेवा धर्म मान्दछन् । लिम्बुहरूको धार्मिक ग्रन्थ मुन्धुम हो भने फेदाङमा, साम्बा, येवा, येमा र साङदाङगेन वारुमसाबा सेवासाबाहरु हुन् । भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरू हुन् ।
३)के याक्थुङ साः वा लिम्बुहरुले कहिलै व्यवसाय गरेन्न…?
मानवशास्त्री र इतिहासविद्हरूका अनुसार मानव एक चलायमान जाति हो । सोहि क्रममा लिम्बुहरु पनि एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन् ।
इण्डो मंगोलोइड नश्लका किरात लिम्बु जातिको आगमन नेपालमा उत्तर तथा उत्तर पूर्वी दिशाबाट अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए भनेर इतिहासकारहरु बताउछन् ।
किरातीहरूले पश्चिममा काठमाडौं उपत्यकासम्म आईपुग्दा आर्थिक, सामाजिक गतिविधिहरू सञ्चालन गर्ने सीप बिकास गरेका थिए । विशेषतः पूर्वी पहाडी इलाकाहरू तामाकोशी, अरुण, तमोर उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे । अन्नपातका बीउविजन, भैंसी, सुगुर, कुखुरा, कुकुर र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए । काठमाडौंको गोकर्णमा केन्द्र बनाई उपत्यका भित्र पनि खेतीपाती गरेका थिए । यहीँ समयमा काठमाडौं उपत्यकामा खसहरू गाई, बाख्रा, भेडा सहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्र भन्दै अध्ययन तथा जासुसी गर्न धाइरहने गर्थे । जो इण्डो आर्यन भाषा बोल्दथे । उपत्यका भित्र किरात गोत्रका भोट बर्मेली भाषा बोल्नेहरू र खसहरु बिच सामाजिक सम्बन्ध सुमधुर थियो । खसहरू (गोपालवंशी पनि भनिन्छ)ले किरातसँग खेतीपाती गर्न सिकेका थिए । यसरी, उपत्यका भित्र दुबै जातिले खेतीपाती र जनावरहरू घरेलुकरण गरेकाले पहिलो पटक नयाँ किसिमको राजनीतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो । यही क्रममा गोपाल वंशी अनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराँत राजाहरूले काठमाडौं उपत्यकामा शासन गरेका थिए ।
लिम्बुहरुको समय समयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरू गरेका थिए । त्यसताका वस्तु विनिमय प्रणाली थियो । लिम्बुहरु तिब्बतमा गएर भैँसीको पाडासंग मालसामान साट्थे । त्यहाँबाट फलाम र पत्थरहरु ल्याएर व्यापार गर्थे भन्ने कुरा चखोबा साम्माङको मुन्धुममा उल्लेख छ । त्यसैगरी इमानसिं चेम्जोङले (२००३स्६९)ले पनि दस लिम्बुको सन्तानले भारतको उत्तर बङगाल गएर चिरैतो र औषधीका लागि प्रयोग हुने जडिबुटिको व्यापार गर्दथे भन्ने प्रष्ट पारेका छन् । नेपालको साब्लाखुबाट आसाम, भारत हुदै भुटानसम्म गएर टोपी, पुवालो, खुकुरी, चाँदिको कोथि र काँजो कुच्ची, कान कोर्ने, सिमिक्ला परी, पमिक्ला परी, पवाली पञ्चे र हारीहरुको व्यापार गरेको सन १९७३ मा दल बहादुर पन्धाक बताएका थिए । लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरू हुन्थे ।
यी माथिका उल्लेखीत कुराहरुलाई राम्ररी नियाल्ने हो भने लिम्बुहरुले व्यवसाय सञ्चालन गरेको देखिन्छ । लिम्बुहरु पनि व्यवसायी भएको देखिन्छ । याक्थुङ साःहरुको याङजिक् मुन्धुम हुन्छ भन्ने यो पनि दरीलो प्रमाण हो ।
४) के हो मुन्धुमी पर्यटन …?
पर्यटन र पर्यटकका बारेमा माथि नै लेखी सकेको छु्र । अब कुरा मुन्धुमी पर्यटनको पालो आयो । मुन्धुमी पर्यटनमा पनि लिम्बुवानी पर्यटकीय क्षेत्रको कुरा गर्छु्र । लिम्बुहरुले व्यापार व्यवसाय गरेको ईतिहास मेरै बराजु दल बहादुर पंधाक हुदै आफैसम्म देखियो । लिम्बुहरुले पर्यटक भएर चीन, भारत भुटान र बर्मासम्म पुगेको कुरा त इतिहासमा सुनियो, तर पर्यटन व्यवसाय र पर्यटन उद्योग सुरुवात गरेको बिगत इतिहासमा कतै सुनिएन र पढ्न पनि पाइएन ।
नेपाललाई भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिएको छ । हिमाली क्षेत्र, पहाडी क्षेत्र, र तराइ क्षेत्र । यी क्षेत्रहरू पूर्व–पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई नेपालका प्रमुख नदी तथा पहाडहरूले ठाउँ–ठाउँमा विभाजन गरेका छन् ।
नेपाल सरकार तथा पर्यटन बिभागले पर्यटनको लागि पर्यटकीय क्षेत्र खुला गरेको नेपालको लामो र अत्यन्तै साहसिक पदमार्गमा ‘कञ्चनजंघा पदमार्ग’ लाई पनि घोषणा गरेको छ । विश्वको तेश्रो चुचुरोको सेरोफेरोमा रहेको यसै पदमार्गमा पर्दछन्, मुन्धुमीक सर्किटहरु र पर्यटनको भर्जीन ल्याण्ड लिम्बुवान ।
बृहत हिमालय पदमार्ग संसारकै लामो र अग्लो पदमार्गहरू मध्ये एक हो । नेपालको सुदुर पूर्वको जिल्ला ताप्लेजुङ देखि सुदूर पश्चिमको जिल्ला दार्चुलासम्मको भूभाग ओगटेको बृहत हिम शिखरहरु रहेको स्थानलाई बृहत हिमालय क्षेत्र भनिन्छ । यो पदमार्गले नेपालका हिमाली जिल्लाहरू छोएको छ । यस पदमार्गको दुईवटा रुट मध्ये एउटा पूर्वको ताप्लेजुङ देखी पश्चिमको हुम्ला र अर्को दार्चुलासम्म पुग्दछ । त्यस्तै यो पदमार्ग तिब्बत, भारत, म्यानमार, पाकिस्तानसम्म फैलिएको छ । यो पदमार्गको विकासले पर्यटकहरूलाई नयाँ अनुभूति दिन्छ र साथै गरीबी निवारण र विकास सहितको पर्यटनलाई झल्काउँछ । पुर्वमा ताप्लेजुङबाट सुरु भई पश्चिम हुम्लामा अन्त्य हुन्छ । बृहत हिमालय पदमार्ग को मुख्य भाग यसैलाई मानिन्छ ।
मानव थातथलो प्राचीन रुपमा भएको, पदमार्ग खुलेको, नेपाल सरकार तथा पर्यटन बिभागले पर्यटनको लागि पर्यटकीय क्षेत्र खुला गरेको नेपालको लामो र अत्यन्तै साहसिक पदमार्गमा ‘कञ्चनजंघा पदमार्ग’ लाई पनि घोषणा गरेको छ । विश्वको तेश्रो चुचुरोको सेरोफेरोमा रहेको यसै पदमार्गमा पर्दछन्, मुन्धुमीक सर्किटहरु र पर्यटनको भर्जीन ल्याण्ड लिम्बुवान ।
‘लिम्बु’ जाति नेपालको आधुनिक भू–भाग एवं बृहत् हिमवत खण्डमा देखिएका सबैभन्दा प्राचीन जाति हो । वैदिक काल पुर्वका जाति लिम्बुहरुले, घुमन्ते फिरन्ते अवस्था पार गर्दै पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गर्दै नेपाल एबं बृहत् खण्डलाइ आफ्नो थलो कायम गरेका छन् ।
हुन त नेपाल सरकारको पर्यटन मन्त्रलयले लिम्बु सस्कृतिक पदमार्ग भनेर ताप्लेजुङ फुङलिङबाट मामाङ्खेसम्मलाई छुट्याएको छ्र । सुकेटार, लालिखर्ख, काँडे भन्ज्याङ, फुम्पे डाँडा हुँदै मामाङ्खे पुगिन्छ । ठिक सङ्गले पदयात्रा गरियो भने २ देखि ३ दिन सम्ममा फुङलिङबाट मामाङ्खे पुग्न सकिन्छ । यस क्षेत्रमा करिवन ९० देखी ९५ प्रतिशत लिम्बुहरुको बसोबास रहेको पाइन्छ । जसमा लिम्बू माबो थरको बाहुल्यता अहिलेसम्म देखिन्छ्र ।
नेपाल सरकार ऐन अन्तर्गत दर्ता भएको लिम्बुहरुको पहिले संग्रह, संग्राहलय ’लिम्बू साँस्कृतिक संग्राहलय’ मामाङ्खेमा रहेको छ । जहाँ लिम्बू जातिसंग सम्बन्धित विभिन्न महत्वका बस्तुहरु संग्रहित गरिएको छ । अध्ययन तथा अनुसन्धानका लागि आएकाहरु आन्तरिक तथा बाहिरिया पर्यटकहरुको लागि आंशिक रुपमा होम स्टे सुबिधा पनि उपलब्ध गरिएको छ ।
यति हुँदाहुँदै पनि उक्त पदमार्गलाई ब्यव्यस्थित गर्न लिम्बु वा लिम्बुवान बासीहरुको कमी कम्जोरी हुदै होइन् । राज्यले काठमाडौं, पोखरा र चितुवानलाई पर्यटनको गोल्डेन ट्रर्याङगलको रुपमा प्रचारप्रसार गर्न भए भरका राष्ट्रिय योजना र बिकासको बाढी त्यतै बगाउनु ताप्लेजुङमा लिम्बु सस्कृतिक पदमार्ग दिनु भनेको लिम्बुहरुको भोट बटुल्ने सरकारको प्रपञ्च जस्तो मात्र देखिएको छ । ताप्लेजुङ बाहेक जिल्ला पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ र झापामा चै लिम्बु नै छैन जस्तो…? लु बिगतको सरकार निरंकुश भयो अरे तर संघिय लोकतान्त्रीक गणतन्त्र नेपालमा कहाँ छ त समाबेशी पर्यटनको राष्ट्रिय समाबेशीता….?
पुर्वको हामी लिम्वुवान बासीहरुले प्रकृति, पृथ्वी र मुन्धुमी साँस्कृतिक सम्पतिहरुलाई आर्थिक उपार्जनको माध्यम बनाउने सम्भावनाहरु बग्रेल्ती छन्, त्यो गर्न सकिएको छैन । त्यो गर्न मुन्धुमी पर्यटन सुरुवात गर्नु छ । त्यो गर्नु एक मात्र मौलीक विकल्प हो ।
‘मुन्धुमी पर्यटन’ को सुरुवात राष्ट्र विभुती महागुरु फाल्गुनन्द लिङदेनले १९९३ सालमा इलाम, पाँचथर, ताप्लेजुङको पारुङतेम्बे हुदै फक्ताङ्लुङसम्मको यात्रा गराएका थिए । उनले १९९३–१९९८ सालसम्म निरन्तर धैरै जसो चोकमागुका तुम्बापो र रबिको राई चेलाहरु लिएर गएका थिए भनेर अनुसन्धाता तथा लेखक रमेश तुम्बापो बताउछन् । मुन्धुमी पर्यटन पर्यावरणीय संग–सगै प्रकृति, पृथ्वी र चराचर जीवनको पक्षमा देखिन्छ । लिम्बू जातिसँग सम्बन्धित इतिहास, कला, साहित्य, संगीत, सँस्कृती, सभ्यता, खाना र परिधान इत्यादिलाई पर्यटन संग जोड्न सकियो भने कम्तिमा एक लाख लिम्बुवान बासी युवाहरुले रोजगार पाउँछन् । रोजगारसंग लिम्बुहरुको इतिहास कला, साहित्य, संगीत, सँस्कृती, सभ्यता, खाना र परिधानलाई जोड्न सकिएन भने याक्थुङबा वा याक्थुङसाहरु यो भुगोलबाट आफै लोप हुने छन् । यदि हामीले लिम्बुवान भरी समेट्ने मुन्धुमीक पदमार्ग र यहाँका विभिन्न स्थानलाई पर्यटनको रुपमा बिकास गर्ने हो भने यहाँको युवाहरुले पचास डिग्री भन्दा तातो मरुभूमिमा जानु पर्दैन् र माइनस डिग्री चिसोमा पनि काम गर्नु पर्दैन् । साथै यो मुन्धुमी पदमार्गलाइ नेपालकै उदाहरणीय एवं उत्पादनशील बनाउन सकिन्थ्यो ।
मुन्धुमी पर्यटनको मेरुदण्डहरु
१)लिम्बुवानको प्रकृति, पृथ्वी र मुन्धुमी सस्कृति
२)याक्थुङ चा वा तक् (लिम्बु खाना र खान्कीहरु)
३)लिम्बुको भुइँसोरी सेवारो गरीने आतिथ्यता र मिलनसार आचरण
४)लिम्बु गाँउघरको रमाइलो पन
५)लिम्बुको सस्कृति झल्कीने तरेहिम
मुन्धुमी पर्यटनको फाइदाहरु्
१)लिम्बुवानको आर्थिक उन्नति र समृद्ध्रि
२)रोजगारको सृजना
३)याक्थुङ पान र स्थलका नामहरु अन्तर्राष्टियसम्म फैलिने
४)पद प्रदर्शकहरुको उत्पादन संग–सगै इतिहासको पुस्तान्तरण
५)याक्थुङ युवा पर्यटन उद्यमीहरुको उत्पादन
६)याक्थुङ सास्कृतिक उत्पादनहरुको अर्र्गािनक ब्राण्डीङ
मुन्धुमी पर्यटनलाई प्रचारप्रसार गर्न माङसेबुङ गाँउपालिका वडा नं. ५ को मायुतेम्बेको आसपासमा माङ्सेबुङ सङ्जुममिबा तरेहिम (माङ्सेबुङ–५ इलाम) बिगत २०७३ सालबाट सञ्चालनमा आएको हो भनेर यस तरेहिमका अध्यक्ष लिङदेन कल्पना पंधाकले बताइन् । जहाँ १५ घरमा ९० सैया छन् । माङसेबुङकै याक्थुङ महिलाहरुले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलीया, हङकङ, बर्मा, भारत, भुटान र सुखिमका पर्यटकहरुलाई हाङसाम साम्यो (किरात धर्म) अन्तर्गत किराती खानपानको स्वाद चखाउछन् ।
अन्त्यमा
लिम्बू जातिको सभ्यता, इतिहासको इपिसेन्टर पनि ताप्लेजुङ, पान्थर र चार्खोल लगायत अन्य स्थान पनि होलान् । लिम्बुवानको विभिन्न रुपले यी क्षेत्रहरु महत्वपुर्ण छन् । मुन्धुममा वर्णन गरिएको प्रथम मानव मुजिङनामा खेयङनामाको ईतिहास हुदै वर्तमान सँग जोडिन्छ । सावायेत्हाङ किरातहरुको पबित्र धार्मिक स्थल फक्ताङ्लुङ (कुम्भकर्ण) नेपाल सरकारले बनाएको यसै कञ्चनजघा पदमार्ग अन्तर्गत पर्दछ । हामीलाई कतै इतिहासकारहरुले युआन र शिचुवान प्रदेशको सभ्यता सुनाएर दिमाग त भुटिरहेको छैनौ । न हामीले लिम्बुवान सिभिलाइजेसनको कुरा कहिले गर्ने र संहिताकृत गर्ने…?
चन्द्रसमशेरको पालामा लिम्बुहरुको मुन्धुम र धर्म ग्रन्थहरु चैनपुरमा लगेर जलाइयो । वि.सं. १९०१ मा जंगबहादुर राणाले लिम्बुहरुको सम्पूर्ण राजकीय अधिकार खोसेर लिम्बुवान राष्ट्रलाई पल्लो किरात र राजा उपाधिलाई सुब्बा लेख्ने सनद जाहेर गरेर लिम्बु राजनेताहरुलाई आफ्नो कर्मचारी सरह बनाए । हामी याक्थुङ साःहरु कहाँ व्यवसायी, कहाँ पर्यटन उद्यमी र उत्पादनशील भएका थियौ…? भन्ने प्रश्न सोधेर निरास हुनु भन्दा पनि अब हाम्रो इतिहास आर्थिक कोणबाट बनाउने पो हो की…?
सन्दर्भ समाग्री
१!_Biography of thomas cook
@_a_kirat itihas 1948
b_kirat mundhum
c_kirat history and culture 1967: Iman singh chemjong limbu
#_Far out Mark liechty
$_history of tourism in nepal: raju lama and lila sampang rai
५)महागुरु फालगुनन्द लिङदेनको जिवनीः हेमबहादुर गुरुङ
६)किरात साम्जिक मुन्धुम
७)माङसेबुङ मासिक
८)विकिपिडिया लिम्बुवान छोटकरी इतिहास
९)नलेखिएका कथाहरुः कुमार लिङदेन ‘मिराक’
१०)लिम्बु जातिको चिनारीः गोविन्दबहादुर तुम्बाहाङ