कोरोना संक्रमित पुनः ७ जना थपिए, नेपालमा जम्मा संक्रमित संख्या १०९ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित पुनः ७ जना थपिए, नेपालमा जम्मा संक्रमित संख्या १०९ पुग्यो


काठमाडौं / नेपालमा कोरोना भाइरस संक्रमिण थप सात जना थपिएकोे छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेएिका छन् ।

ती संक्रमितहरुमा उदपयपुर भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर