पहिलो पल्ट स्वास्थ्य कर्मीमा पनि कोरोना संक्रमण - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिलो पल्ट स्वास्थ्य कर्मीमा पनि कोरोना संक्रमण

काठमाडौं / स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भएको छ ।

कपिलबस्तुको तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी नै नेपालमा पहिलो संक्रमित स्वास्थ्यकर्मी हुन ।

तौलिहवा अस्पतालले विभिन्न क्वारेन्टाइनमा बसेकाहरुबाट स्वाब संकलनका क्रममा नर्सलाई कोरोना संक्रमण भएको अनुमान गरेको छ । संक्रमित नर्स आफ्नै घरमा जाने गरेकाले उनको घरपरिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

तौलिहवा अस्पतालमा ६७ जनाले काम गर्छन् । जिल्ला स्वास्थ्य कार्यालयले अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी र उनीहरुको परिवारका सदस्यहरुमा कोरोना परीक्षणको तयारी गरिएको बताए । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । संक्रमितको रुपन्देहीको बुटवलमा उपचार भइरहेको छ ।

अहिलेसम्ममा नेपालमा १ सय ९१ जना कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर