नेता भीम रावलको सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेता भीम रावलको सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि


काठमाडौं / नेकपाका नेता एवं पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेता रावलका अनुसार ‘उनका सुरक्षकर्मी भक्तपुरको दुवाकोटतिर बस्दै आएका थिए, त्यहीँबाट सरेको हुन सक्ने बताए । उनले भने यो संबेदनशील विषय भएकोले उक्त एरियामा बसोबास गर्ने अरु मानिसहरुमा तत्काल परीक्षणको दायरा बढाउनुपर्छ ।

‘उनीकी श्रीमती बिरामी भएकोले एक महिनादेखि बिदामा घर गएका थिए,’ अहिले ती सुरक्षा कर्मीको श्रीमती निको भएको भन्दै ड्युटीमा आउँछु भनेर फोन गरेका रहेछन, कोरोना जाँच गराएर मात्रै आउनू भन्दिएको थिएँ, जचाउन जाँदा उनमा कोरोना पोजेटिभ देखिएछ ।’

मंगलबार साँझको रिपोर्टअनुसार कोरोना पोजेटिभ देखिएका ती सुरक्षाकर्मी एक महिनादेखि बिदामा बसेका कारण आफूसँग सम्पर्कमा नरहेको रावलले बताए ।

ती सुरक्षाकर्मीको सम्पर्कमा आएका भक्तपुरका अरु मानिसहरुको पनि जाँच गर्नुपर्ने र उनमा कोबाट संक्रमण भयो भन्ने पत्ता लगाउनुपर्ने रावलले बताए । उनले भने, ‘अब दुवाकोटतिर टेस्ट बढाउनुपर्ने देखियो ।’

संघीय संसदसमेत रहेका रावलको यसैसाता पीसीआर टेस्ट भइसकेको छ । पिसिआर टेस्टमा नेता रावलमा भने कोरोना संक्रमण देखिएको थिएन ।

अहिले आफूसँग धेरैजना सुरक्षाकर्मीहरु नरहेको र ड्युटीमा रहेकाले पनि सामाजिक दूरी एवं स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिरहेको रावलले बताए ।

सम्बन्धित खवर