कोरोना संक्रमित २ सय ४३ पुग्यो, २४ जना नयाँ थपिए - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित २ सय ४३ पुग्यो, २४ जना नयाँ थपिए


काठमाडौं / कोरोना भाइरस (कोभिड–१९) को संक्रमिण फेरी २४ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरीएको परिक्षण अनुसार २४ जना नयाँ कोरोना संक्रमितको भेटिएका हुन् ।

नयाँ २४ जना संक्रमित मध्ये रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षिय पुरुषहरु र ४, १०, २८ वर्षीय महिलाहरु रहेका छन् । त्यस्तै कपिल्वस्तु जिल्ला निवासी २२, २९, ३२, ४० ४०, ४०, ४२, ४२, वर्षीय पुरुषहरु रहेका छन् ।

त्यसरी नै पर्सा जिल्ला निवासी ३६ र ७४ वर्षीय पुरुषहरु र ३६ वर्षीय महिला रहेका छन् । नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा नयाँ कोरोना संक्रमिण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस अघी आजै मात्र २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु सबै जनाको स्वास्थ्य स्थिती सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर