थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ९१ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ९१ पुग्यो

काठमाडौं / नेपालमा थप १० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा आइतबार बिहान थप १० जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा रौतहटको राजपुर नगरपालिका ९, फरहदवा निवासी १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि रौतहटकै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या २ सय ९१ पुगेको छ । यसैगरि नेपालमा कोरोना भाइरस (कोभिड(१९) बाट एक महिलाको को मृत्यु भएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमित मध्ये ३६ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर