विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलको उपविजेता बने दिवेश - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलको उपविजेता बने दिवेश


काठमाडौं / विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) । उनको कडा चुनौतीलाई उछिन्दै/पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् ।

उपाधिको दावेदारका रुपमा हेरिएको दिवेशलाई फाइनल राउण्डमा भोटिङका आधारमा जित्दै साम अमेरिकन आइडल घोषित भएका हुन् ।

आइतबार भएको फाइनल राउण्डमा उनलाई उपाधि जित्नको निम्ती पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

अमेरिकन आइडल बनेकी जस्ट साम को हुन् ?

उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

उनले पहिलो अडिसनबाटै निर्णायकहरुलाई प्रभावित तुल्याउँदै आएकी थिइन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो ।

सम्बन्धित खवर