काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमित ३६ जना थपिएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका संक्रमित रहेका छन् ।
शनिबार थपिएका संक्रमितहरु बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको अधिकारीले जानकारी गराएका छन् ।
बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।
यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।