कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो


दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ ।

अहिलेसम्म मृत्यु हुनेको संख्या ३ लाख ७० हजार ८ सय ९३ पुगेको छ ।

अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५ सय ५७ जना पुगेको छ । जुन अन्य देशको तुलनामा सबैभन्दा धेरै हो ।

त्यस्तै स्पेनमा २७ हजार १ सय २५, बेलायतमा ३८ हजार ३ सय ७६, इटलीमा ३३ हजार ३ सय ४०, फ्रान्समा २८ हजार ७ सय ७१ र ब्राजिलमा २८ हजार ८ सय ३४, जनाको मृत्यु भएको छ ।

त्यस्तै जर्मनीमा ८,६००, तुकीमा ४,५१५, इरानमा ७,७३४, क्यानडामा ७,०७३ र बेल्जीयममा ९,४५३, मेक्सिकोमा ९,७७९ र रुसमा ४,५५५ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा ५,१८५ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै अहिलेसम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या ६१ लाख ५६ हजार ४ सय २८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म े २७ लाख ३४ हजार ७ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्ये ५३ हजार ५ सय ३ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित खवर