झापामा ५ जना कोरोना संक्रमित थपिए, संक्रमित २१ सय ४ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा ५ जना कोरोना संक्रमित थपिए, संक्रमित २१ सय ४ पुग्यो


झापा / कोरोना भाइरसको संक्रमित झापामा ५ जना थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाले तयार पारेको क्वारेन्टाइलमा रहेकाका नमुना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

ती संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका ३ र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए ।

रिपोर्ट पोजेटिभ आएका ५ जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अधिकारीले जानकारी दिए ।

झापामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ । संक्रमितमध्ये ४८ जना डिस्चार्ज भएका छन् ।

यस अघि आजै मात्रै २ सय ८८ जना कोरोना संक्रमित थपिएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने २ सय ६६ जना निको भएका छन् ।

सम्बन्धित खवर